संघिय राज्य व्यवस्था तथा सुशासन समितकाे टाेली बाढी प्रभावित क्षेत्रकाे स्थलगत निरीक्षणमा

दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि सरकारलाई निर्देशन

४ साउन काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समिति जम्वाे टाेलीले बाढी प्रभावित क्षेत्रकाे स्थलगत निरीक्षण सम्पन्न गरेकाे छ ।
संघीय संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर,चन्द्रागिरिकाे दहचाेक बलम्वु क्षेत्रको स्थलगत निरीक्षण गरेकाे हाे ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले असार २७ गते दहचाेक, त्रिबेणी र बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको चन्द्रागिरी कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरि टाेली फर्केकाे छ । बाढीले जनधनकाे क्षति र त्यसकाे प्रभाव र त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमाडौंको बाढी पीडित क्षेत्र कलंकी, बल्खु र कुलेश्वर र मुख्य स्थान चन्द्रागिरिकाे स्थलगत निरीक्षण गरिएको समितिकी सभापति शशी श्रेष्ठले बताईन।
सञ्चार्कमि संग कुरा गर्दै सभापति श्रेष्ठले भनिन, पहिले बाढी बस्तीमा पस्थ्याे अहिले बस्ती बाढीमा पस्याे । अब दिर्घकालिन समस्या समाधान गर्न लाग्नु पर्छ र निरीक्षण अवलोकनका क्रममा पाइएको तथ्याँकको आधारमा आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई पुनः सचेत गराउने प्रतिवद्धता पनि व्यक्त गर्छाै ।”
समितिले गत असार २७ गतेबाट सुरु भएको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको समस्या समाधानका लागि आवश्यक योजना तय गर्न प्रभावित क्षेत्रको सबै ठाउँमा स्थलगत निरीक्षण गर्ने योजना तयार गरेकाे छ त्यसैअनुसार काठमाडौंका पनि स्थलगत निरीक्षणको काम सुरु गरिएको संघिय सांसद कृष्णगाेपाल श्रेष्ठले बताए ।
समितिकाे टाेली आएको बस चन्द्रागिरि आईपुगे पछि बाटाेकाे कारण २५ मिनेट हिडेर चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरी, उप प्रमुख लिशा नकर्मि, प्रदेश सांसद सहित निरिक्षणमा पुगेर त्यहाकाे वास्तविक अवस्था बारे जानकारी लिएका हुन । चन्द्रागिरीमा केही बेरकाे बैठकमा स्थानियहरूले डुवान बाढी, पहिराे वारे सभापति श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले स्थानिय स्तरमा भएकाे दैविक प्रकाेपकाे दिर्घकालिन समस्या समाधान गर्ने स्थानिय स्तर बाट सक्दाे काम गरे पनि दिर्घकालिन समस्या समाधानमा केन्द्रीय स्तरवाटै पहल आबश्यक रहेकाे बताए ।
निरीक्षणको क्रममा जनताकाे बाढीवाट जनधनकाे क्षति र बाढीले पारेकाे प्रभाव वारे निरिक्षण टाेलीले जानकारी लिएकाे थियाे । ३ नम्बर प्रदेशका सांसद केशव पाेखरेलले समस्याको दीर्घकालीन समाधानका लागि पनि ठोस योजना बनाएर स्थानिय र प्रदेश बाट बाढी,पहिराे प्रभावित क्षेत्रको दिर्घकालिन समस्या समाधानका लागि लागिने बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिका असार २९ गते आईतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको थियाे ।
प्रकाशित : २०७६, ३ श्रावण शुक्रबार २०:०२