नागढुंगावाट दुई केजी सुन सहित तामाङ पक्राउ ।

५ असार काठमाण्डाै – अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव २ किलो सुन सहित एक जनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेको छ।

नागढुगाका प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काकाे नेतृत्वको टाेलीले दुई केजि सुन सहित पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेहरुमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं.५ स्याफ्रोबेशी घर भएका बर्ष १७ को भिम बहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाका अनुसार बिशेष सुचनाकाे अाधारमा भैरहवाबाट काठमाण्डौ तर्फ आउँदै गरेको लु.२ ख ६५२ नम्बरको यात्रु बाहक बसलाई गोप्य सुचनाको आधारमा चेक जाँचकाे क्रममा दुई केजि सुन सहित पक्राउ गरिएकाे बताए ।

प्रहरी प्रमुख थापका अनुसार तामाङलाई चेक जाँच गर्ने कम्बरमा बाँधी ६ से.मि.लम्बाई र ११ से.मि. मादल जस्तो गोलाई भएको सुन सहित तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेकाे छ ।

तामाङ रसुवा हुँदै सुन कम्बरमा बाेकि गल्छी हुँदै भैरहवाबाट काठमाण्डौ अाउने गाडी चढेका थिए । प्रहरीले सुन सहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान पठाएकाे छ ।

प्रकाशित : २०७६, ५ श्रावण आईतवार १४:४२