सरकारलाई असफल बनाउन निर्मला प्रकरणमा ठुलाे राजनितीकरण गरिन खाेजियाे : गृहमन्त्री बादल

७ साउन काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला हत्याकाण्डलाई राजनीतिक करण गर्नु दुखदायी भएकाे बताएका छन् ।

सम्बेदशिल बिषयमा राजनिती रङ दिन खोजिनु कतिकाे महानता हाे उनले प्रतिप्रश्न गरका हुन ।

गृह मन्त्रालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले भने,यो घटनामा गृह नै जोडिएको छ, अपराधीलाई बचाउन खोजिएको छ भनेर राजनीतिकरण गर्नु दुःखद हो ।

मन्त्री थापाले ‘‘निर्मला प्रकरण पहिलो र नयाँ होइन । भोलि पनि यस्तो घटना हुन सक्छ । पूर्ण नियन्त्रण गर्न सकिँँदैन । अपराधी बचाउन खोजेको भनेर जसरी आरोप लगाइयो, त्यसमा हामीलाई दुःख छ । नागरिक समाज, मिडियाले सबै मिलेर अपराधीलाई कानुनी कठघरमा ल्याउनुपर्छ सवैकाे साथ अावश्यक पनि छ ।’’

गृहमन्त्री थापाले बलात्कारका घटनाको अनुसन्धानमा प्रहरी ९५ प्रतिशत सफल भएको बताए ।

घटनाको अनुसन्धान जारी रहेको बताउँदै थापाले निर्मला हत्याकाण्ड जघन्य अपराधमा सङ्घलन हरूलाई त्यसै उन्मुति नहुने जिकिर गरे ।

हत्याकाण्डबारे विभिन्न समितिले दिएका प्रतिवेदन ,सुझाव र अनुसन्धान वाट प्राप्त अाधार र अध्ययन गर्दै अगाडि बढ्ने थापाको भनाइ थियाे ।