महिलालाई काँटी घोप्ने कार्कीलाई अदालतले छाड्यो, सोह्रखुट्टेको प्रहरीले फेरि समात्याे

  • 43
    Shares

९ साउन, काटमाडौं । महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

तर ३ लाख धरौटीमा छुटेलगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको हाे ।

यसअघि १२ असारमा पक्राउ परेका कार्कीमाथि महिलामाथि अपमाजनक व्यवहारको मुद्दा चलाइएको थियो ।

कार्कीले पकनाजोल, डल्लुलगायतका क्षेत्रमा चार जनामाथि काँटी तथा तिखाे वस्तुले आक्रमण गरेको स्वीकारेका थिए । महिलामाथि यसरी आक्रमण हुँदा काठमाडौं उपत्यकामा सिरिज आक्रमणको त्रास फैलिएको थियो ।

प्रकाशित : २०७६, ९ श्रावण बिहीबार १२:०४