अपडेट :दोर्दीखोला बाढीमा परेर मृत्यु भएकामध्ये तीनको सनाखत

दोर्दीखोला बाढीमा परेर मृत्यु भएकामध्ये तीनको सनाखत भएको छ।

बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत आज भएको हो।

ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरीडडेल्धुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी रविन्द्र मान गुरूङले  बताए।

उनका अनुसार एउटा शवको अझै सनाखत हुनसकेको छैन। सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरा र अर्को शव कीर्तिपुरमा भेटिएको थियो। सनाखत हुन नसकेको शव कीर्तिपुरमा भेटिएको प्रहरीले जनाएको छ।

बाढीमा परी आठ घाइते भएका छन्। घाइतेको टाउकोढाडखुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ।

घाइतेको बेँसीसहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरू विभिन्न जिल्लाको रहेको प्रहरीको भनाइ छ। सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेनासशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ।

शव भेटिएकाघाइते र बेपत्ता भएका सबै सोही गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको  डिएसपी रविन्द्र मान गुरूङले  बताए ।

बेपत्तामध्ये एक जना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए।

चारवटै शव परीक्षणका लागि बेँसीसहरको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ।

प्रकाशित : २०७६, ९ श्रावण बिहीबार १२:५७