९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हाे ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भने सुचनाकाे अाधारमा पक्राउ गरिएकाे बताए ।
प्रवक्ता कोइरालाले भने,” प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेका छाै ।”
पक्राउ परेका दुवै जना महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत सई हुन ।
उनिहरूलाई काठमाडौं महानगपालिका ८ , मिथिला काबेली यातायात र अनलाइन डिलक्सको टिकट काउन्टर अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे कार्यालयले जनाएकाे छ ।
यसअघि २७ असारमा सवारी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने भन्दै एक लाख घुस लिने ४ प्रहरी जवान पक्राउ परेका थिए ।