चीनमा निजी विद्यालय बढे

  • 7
    Shares

रासस÷सिन्ह्वा । चीनमा निजी विद्यालयहरुको संख्यामा बृद्धि भएको पाइएको छ । सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरु थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच सय पुगेको अधिकारीहरुले जनाएका छन् ।

देशमा रहेका कुल विद्यालयहरु मध्ये ३५.३६ प्रतिशत निजी विद्यालयहरु रहेको पनि तथ्याङ्कले देखाएको छ ।

चिनियाँ शिक्षा मन्त्रालयले सार्वजनिक गरेको यो तथ्याङ्क सन् २०१८ सम्मको मात्रै हो ।

निजी विद्यालयहरुमा ५ करोड ३० लाख ७८ हजार विद्यार्थीले पढ्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०१७ को तुलनामा सन् २०१८ मा ५.०३ प्रतिशत विद्यार्थी बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित : २०७६, ११ श्रावण शनिबार १८:५४