ठूला मालवाहक सवारीका लागि चन्द्रागिरीमा छुट्टै पार्किङस्थल बनाइने

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ठूला मालवाहक सवारी साधनका लागि छुट्टै पार्किङस्थल बनाइने भएको छ।

बढ्दो ट्राफिक जामलाई न्यूनीकरण गर्न खुला स्थान छनोट गरी ठूला मालवाहक ट्रक,टिपरकालगायत सवारी साधनहरूका लागि पार्किङ स्थल बनाइने भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले राजधानीको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन र ठूला मालवाहक सवारी साधनलाई बेलुका ८ बजेसम्म होल्ड गर्न चन्द्रागिरीमा रहेको खुला स्थान पहिचान गर्न लागिएको बताए।

महाशाखाका प्रमुख पन्थले भने, ‘राजधानी छिर्ने मुख्य नाकामा ठूला मालवाहक सवारी साधनहरूले गर्दा ट्राफिक व्यवस्था असहज बनाएको छछिट्टै नै चन्द्रागिरि नगरपालिकाको सहकार्यमा ठूला मालवाहक सवारी साधनहरूलाई पार्किङको लागि उचित स्थान छनोट गर्दैछौं र राजधानीमा जाम समस्या यसले केही भए पनि न्यूनीकरणमा योगदान पुग्नेछ।’

सामुदाय प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको आयोजनामा भएको सुरक्षित सडक र सुरक्षित समाज निमार्णका लागि सरोकार निकायबीच चन्द्रागिरिमा भएको अन्तकृया कार्यक्रममा उनले कुरा बताएका हुन्।

बाटोमा ठूला सवारी साधनले राजधानीको ट्राफिक व्यस्थापनलाई असहज पुर्‍याइ सवारी आगमनमा असर पुग्दै आइरहेको र ठूला मालवाहक सवारी साधनलाई बाटोमा नै रोक्नुपर्दा जामको समस्या भएकोठूला सवारी साधनहरू रोक्न र पार्किङस्थलका अभाव भएको भन्दै ठूला मालवाहक सवारी साधनका लागि छुट्टै पार्किङस्थल बनाउन पनि सरोकारवाला निकायले सो कार्यक्रममा ध्यानकर्षण गराए।

प्रकाशित : २०७६, ११ श्रावण शनिबार १९:२८