राजनीतिक प्रभावरहित अपराध नियन्त्रणमा प्रहरीले फड्को मार्यो : नेपाल प्रहरी आइजीपी खनाल

रोसन दानी ,काठमाडौं ।
नेपाल प्रहरीले राजधानीबाट प्रकाशित साप्ताहिक पत्रिका एवं अनलाईनका सम्पादक एवं वरिष्ठ सन्चारकर्मीसँग आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल प्रहरीको बर्तमान गतिबिधि, बिद्धमान जनशक्ती, प्रहरीको ,ट्राफिक समस्या र समाधान, साइवर क्राइम, लागु औषध, सुन बरामद, विप्लव समुहका समस्या,समुहगत विभाजन,रणनीतिक प्रारुप र समुदाय प्रहरी साझेदारी लगायत विभिन्न प्रकारका अपराधका विषयमा गम्भिर रुपमा छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।अभाव स्रोत साधनका बाबजुत अतिरिक्त छिटफुट घटना बाहेक मुलुकको शान्ति सुरक्षा र अपराधमा नेपाल प्रहरीले फड्को मारेको कुरा नेपाल प्रहरीका आइजीपीले निर्धक्कका साथ बताएका छन् ।

newsabhiyan

घटना जस्तोसुकै किन नहोस् ? राजनीतिक प्रभावरहित निष्पक्ष छानविन गरी अपराधीलाई कानुनी कठघरामा ल्याउन  नेपाल प्रहरी सफल रहेको उनले बताए ।

नेपाल प्रहरीले विभिन्न अबैध सुन लगायत अबैध सामाग्री र राजश्व संकलनबाट राज्यलाई २ अर्ब, ४७ करोड, ७२ लाख, ४५ हजार ७९० रुपैयाँ यसबर्ष राजश्व जुटाएको पनि उल्लेख गरिएको थियो ।

विभिन्न मुलुकका सात बाल यौनदुराचारी देखि एम्बुलेन्स र ट्यांकरबाट हुने अबैध धन्दामा पनि यस पटक प्रहरीले थप उपलब्धि हासिल गरेको जनाएका थिए ।

त्यसैगरि सिसिटिभीलाई थप बनाउदैँ लाने सातै प्रदेशमा भिड नियन्त्रण गाडिको ब्यवस्था लगायतका बारेमा  स्पष्ट पारेका थिए ।

प्रहरी महानिरीक्षक आइजीपी खनालको सांगठनिक प्राथमिकताहरु यस्ताछन्

कार्यक्रममा देखाइएका डिजिटल विवरणको बार्षिक उपलब्धिमा दक्षिण एसियामै  नेपाल प्रहरी उत्कृष्ट स्थानमा रहेको उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घ (यूएन)को मापदण्डअनुसार एक प्रहरी कर्मचारी बराबर ३३३ जना नागरिक हुनुपर्छ तर नेपालमा भने ४३५ जना बराबर एक प्रहरी रहे पनि हाम्रो भैगोलिक अवस्था अनुसार हामी उत्कृष्ट नै ठहरिएका छौं आइजीपी खनालले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्  ।

तै पनि अपराधमा नेपाल प्रहरीले फड्को मारेको छ । हामी हचुवामा भनेका छैनौं ,पुन: जोड दिए ।

कानुन तथा न्यायको शासन सञ्चालनसम्बन्धी (रुल अफ ल–इन्डेक्स २०१९) सूचकाङ्कले नेपाललाई सार्क राष्ट्रमा नै उत्कृष्ट देखाएको हो ।

सर्वसाधारण नागरिकको शान्ति सुरक्षाका लागि निर्माण गरिएका कानुन, कानुनको कार्यान्वयनमा सुरक्षा निकायले निर्वाह गरेको जिम्मेवारी, भूमिका र कामकारबाहीलाई सूचकाङ्क वर्गीकरणमा समेट्ने गरेको विश्व न्याय प्रोजेक्टले जनाएको हो ।

यस बर्ष जम्मा  अभियक्त ४०३७१ पक्राउ परेका छन् । मुद्धा दर्ता संख्या ४३०४७ रहेको जनाइएको छ ।

कुन मुद्धामा कति पक्राउ ? हेर्नुहोस् सुची

 

नेपाल प्रहरी पछिल्लो एक वर्षदेखि निकै चर्चामा आएको कञ्चनपुर महेन्द्रनगरकी किशोरी निर्मला पन्तको बलात्कार पछिको हत्या घटनाका दोषी पत्ता लगाउन निरन्तर रुपमा लागि परेको जनाइएको छ ।

त्यसो त,एसियाली विकास बैङ्क (एडीबी)ले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले नेपालको ६४ प्रतिशत जनता प्रहरी सेवाप्रति खुसी हुने गरेको देखाएको छ ।

त्यसैगरि कार्यक्रममा नेपाल प्रहरी भित्र पनि अनैतिक गर्नेहरुलाई कारबाही र इमान्दार भएर मुलुक,जनता, संगठनप्रति उत्तरदायी हुनेहरुलाई पुरस्कार हुन्छ भन्ने तत्थ्यांक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी संगठन सुधारका लागि सम्पादक एब सन्चारकर्मीहरुले सुझाव समेत प्रस्तुत गरेका थिए ।

प्रहरी भित्र कारबाही पुरस्कार यस्तो छ तत्थ्यांक