१२ वर्षअघि ‘बिहे गर्न नमान्दा’ सुनिताको विभत्स हत्या गर्ने लामालाई सीआईबीले गर्‍यो सार्वजनिक

  • 4
    Shares

काठमाडौँ । प्रहरीले १२ वर्षअघि हत्या गरी फरार रहेका काभ्रे आम्बोटेका राजेश लामालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले पक्राउ गरी लामालाई सार्वजनिक गरिएको हो ।

१२ वर्ष अघि मकवानपुरकी सुनिता लामालाई ललितपुरको ईमाडोलमा विभत्स हत्या गरी फरार लामालाई प्रहरीले गत साउन १० गते ललितपुरस्थित सानेपाबाट पक्राउ गरेको हो ।

विवाहको टिकोटालो भइसकेपछि पनि सुनिताले विवाह गर्न नमानेपछि राजेशले आफूलाई बेइज्जत भएको महसुस गरेर चक्कु प्रहार गरी सुनिताको हत्या गरेका थिए । उनले हत्यामा प्रयोग भएको चक्कु पनि १ हजारमा किनेको बताएका छन् ।


राजेशले ०६४ पुस २७ गते सुनिताको उनकै कोठमा हत्या गरी फरार भएका थिए । मंसिर २८ गते बिहे गर्ने सल्लाह भएको तर १७ गतेदेखि नै सुनिता सम्पर्कमा नआएपछि भएको बिवादमा लामाले सुनिताको हत्या गरेको प्रहरीले बताएको छ ।

सुनितासँग टीकाटालो हुनुअघि नै राजेश सुनिताको कोठमा आउजाउ गर्ने गरेको केन्द्रिय अनुसन्धान व्यूरोका डिआइजी निरजबहादुर शाहीले बताए । उनका अनुसार दिदीको रेस्टुरेन्टमा काम गर्दै आएकी सुनिताले विवाह गर्न किन इन्कार गरिन् भन्ने खुलेको छैन तर घटना भएको दिन राजेश हत्या गर्ने उद्देश्यले नै चक्कु लिएर कोठामा पुगेका थिए ।

प्रकाशित : २०७६, १३ श्रावण सोमबार २२:०१