अन्तर कलेजस्तरिय फुटसल प्रतियोगिता हुने

  • 66
    Shares

काठमाडौँ, १४ साउन । सामाखुशीमा रहेको नवोदित कलेजको आयोजनामा अन्तर कलेजस्तरिय फुटसल प्रतियोगिता हुने भएको छ ।

विभिन्न खेलकुद गतिविधिहरु सञ्चालन गर्दै आएको उक्त कलेजले यहि साउन १६ र १७ गते उपत्यकाका विभिन्न कलेज सहभागी गराई फुटसल प्रतियोगिता गर्न लागेको हो ।

कलेजले आज पत्रकार सम्मेलन गरी कलेजको आयोजनामा पहिलोपटक अन्तरकलेजस्तरिय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा कलेजका प्राचार्य राजेन्द्र अधिकारीले विद्यार्थीलाई खेलकुद क्षेत्रमा आकर्षण गर्नका लागि अन्तरकलेजस्तरिय फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

प्रतियोगितामा उपत्यकाका न्यू मिलेनियम, टाइम्स, इन्साइट भिजन, साउथ वस्र्टन, आर्शिवाद, हेराल्ड, एन्जेल हार्ट, लक्षशिला, ऋत, रेडन, पासाङल्हामु, सेन्टल स्टेटलगायत ३० भन्दा बढी कलेजको सहभागीता रहने कलेजका सह–प्राचार्य जिबी अधिकारीले बताउनुभयो ।

सामाखुशी फुटसलमा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने कलेजलाई रु ६१ हजार नगद, मेडल र ट्रफि, दोस्रो पुरस्कार रु ३५ हजार मेडल र ट्रफि र उत्कृष्ट खेलाडीलाई रु पाँचहजारबाट प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी कलेजले रु ६ हजार टिम दर्ताशुल्कको रकम बुझाउनुपर्नेछ । खेलमा विस २०७५ को एसईई परिक्षा उर्तिण, कक्षा १२ नियमित अध्ययन गर्ने र भर्खरै १२ कक्षा उर्तिण विद्याथीहरुले भाग लिन पाउनेछन् । खेल विहान ९ बजेदेखि साँझ ६ बजेसम्म चल्ने प्राचार्य अधिकारीले बताउनुभयो ।

प्रकाशित : २०७६, १४ श्रावण मंगलवार १७:५६