हिरासतबाट भागेका थुनुवा पक्राउ, दुई प्रहरी निलम्बन

  • 10
    Shares

बारा इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतबाट फरार भएका चोरी मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।

सिम्रौनगढ प्रहरी कार्यालयबाट साउन ३ गते भागेका भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत लिपनी वडा नम्बर ४ का १९ वर्षीय फिरोज मियाँलाई मंगलबार रौतहटको गौरबाट प्रहरीले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

सिम्रौनगढ नगरपालिका(३ का गौरीशंकर प्रसाद यादवको जाहेरीले चोरी मुद्दामा अनुसन्धान भइरहेका मियाँ साउन ३ गते राति ८ बजे खाना खुवाउने क्रममा भागेका थिए।

बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुुसार खोजी गर्ने क्रममा मियाँलाई पक्राउ गरी पुनः हिरासतमा राखिएको हो। हिरासतबाट थुनुवा फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालय बाराले एक हवल्दार र जवानलाई निलम्बन गरी कारबाही प्रक्रिया थालेको एसपी भट्टराईले बताए।

हिरासतबाट थुनुवा फरार भएको विषयमा बाराका प्रहरी नायब उपरीक्षक रविसिंह राठौर नेतृत्वको टोलीले छानबिन गरिरहेको छ।

प्रकाशित : २०७६, १४ श्रावण मंगलवार १८:०४