किर्तिपुर नगरपालिका उदाहरणिय जनप्रतीनिधि महर्जन

  • 15
    Shares

देश र जनताका लागि काम गर्ने जन प्रतिनिधि कस्तो हुनु पर्ला भनेर प्रश्न गर्दा सवैले भने गर्छन जनताको जनभावना र विकास प्रतिको लगाब भएको जनप्रतिनिधिहरुले नै ठिक हुन्छ ।

हो पक्कै पनि स्वभाविकै हो पनि । पछिल्लो समय जनप्रतिनिधिका सवालका विषय वस्तुले चर्चा परिचर्चा पाउन पनि थालेका छन । त्यहि भिड मध्यका एक हुन किर्तिपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष न्हुछे बहादुर महर्जन ।

अध्यक्ष महर्जन वडाबासी जनताको मात्रै नभएर नगरबासिको समेत पहिलो रोजाइमा पर्ने वडा अध्यक्ष मध्य एक हुन । उनी आफ्नो वडाको विकासको लागी मैदान मै उत्रीएर विकास निर्माणको कार्यमा सहभागिता जनाइ वडाबासिमा थप हौसला दिने गरेका उदाहारण चर्चाको विषय बन्दै आएको छ ।

उनी बाटो निर्माणमा होस, या वडाको जुन सुकै विकासको कार्यमा होस, देशका सबै वडा अध्यक्षहरुका लागी प्रेरणा मिल्ने कार्य गरिरहेका छन । वडा बासिको हितका निमित्त उनले समय समयमा क्षमता विकास र व्यक्तित्व विकासका कार्यक्रमहरु पनि सन्चालन गर्ने गरेका छन ।

राष्ट्र्मा जन प्रतीनिधिहरुले यसो गल्ती गरे त्यसो गरे भन्ने खबर हरु सुन्दै गर्दा उनले गरेका सम्पुर्ण कार्यहरु उदाहरणिय बन्दै पनि आईरहेका छन् । समाज रुपान्तरणका साथै दिगो विकासमा उनको योग्दान महत्वपुर्ण बन्दै आईरहेको पनि छ वडा अध्यक्ष महर्जनको । उनलाई थप सफल विकास निमार्णमा योग्दान दिन शुभकामना पनि ।

प्रकाशित : २०७६, १४ श्रावण मंगलवार २१:०२