सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन राजस्व विभागलाई अर्थमन्त्रीको निर्देशन

  • 23
    Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिनु भएको छ ।

आईतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुक भित्र हुने सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजश्व संकलनको दायरा बढाउन लागिएको बताउनुभएको हो । मन्त्री खतिवडाले विकास निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सबै क्षेत्र करको दायरामा आउनुपर्ने स्पस्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले राजस्व संकलनमा तीन वर्षयता सन्तोष गर्ने अवस्था रहेपनि त्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई तिब्रता दिएको स्पष्ट पार्नु भयो ।

प्रकाशित : २०७६, १९ श्रावण आईतवार २०:२६