बलिउड श्रद्धा एयर होस्टेस बन्दै

साउन २०, भारत । श्रद्धा कपूर आफ्नो फिल्मी करियरमा विभिन्न भुमिका निभाउदै आएकी छिन् । अब, उनी पहिलो पटक एयर होस्टेसको भुमिकामा देखिदैछिन् । भारतिय मिडिया अनुसार, श्रद्धा ‘बागी ३’मा एयर होस्टेसको भुमिका निभाउदै छिन् ।

उनी यो फिल्मको लागि एयर होस्टेस बन्न ट्रेनिङ्ग लिनेछिन् । श्रद्धालाई पुरै एयर होस्टेसको लुकमा ढाल्नको लागि बागी ३ को टीमले श्रद्धाको लुकमा काम गर्न सुरु गरिसकेका छन् । श्रद्धा मुम्बईमा सेक्टेबर देखि फिल्मको सुटिङ सुरु गर्नेछिन् । मुम्बई पछि फिल्म टीम आगरामा सुटिङ गरेपछि देश बाहिर जाने योजनामा रहेका छन् ।

यो फिल्मको लागि टाइगर श्राफ इजराइल गएर ट्रेनिङ्ग लिइरहेका छन् । टाइगर वील्ड मेसिन, शर्टगन, पिस्टोल्स र अरु हातहतियार चलाउन सिक्ने छन् । साथै श्रद्धा पनि फिल्ममा एक्सन स्टन्ट गर्नेछिन् ।

श्रद्धाको फिल्म ‘साहो’ यहिँ अगस्त ३० अर्थात भदौ १३ गते देखि प्रर्दशन हुँदैछ । यो फिल्ममा प्रभासको साथै श्रद्धाको पनि एक्सन रहेको छ । एजेन्सी

प्रकाशित : २०७६, २० श्रावण सोमबार १६:२३