स्टिभ स्मिथको पहिलो टेस्टमा लगातार दोस्रो शतक

  • 9
    Shares

स्मिथले आफ्नो टेष्ट करिअरको २५ औं शतक प्रहार गर्न १ सय ४७ बलको सामना गरे । यसअघि पहिलो इनिङमा स्मिथको १ सय ४४ रनको मदतमा अष्ट्रेलियाले २ सय ८४ रन बनाएको थियो ।

गत वर्ष मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टको दौरानमा बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धमा परेका स्मिथले झन्डै १६ महिनापछि टेस्ट टोलीमा कमब्याक गर्दै लगातार शतक प्रहार गरेका हुन् । उनले आफू पुरानै लयमा फर्केको संकेत दिएका छन् ।

अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ४ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको छ । स्मिथ १ सय ३१ रनमा खेलिरहेका छन् भने उनलाई ड्वेन वेडले ५५ रन जोडेर साथ दिइरहेका छन् । सम्रगमा अष्ट्रेलियाले २ सय १५ रनको अग्रता लिइसकेको छ ।

प्रकाशित : २०७६, २० श्रावण सोमबार १६:२५