विमान दुर्घटना : १९ जनाको मृत्यु

  • 15
    Shares

काठमाडौ । एक विमान दुर्घटनामा पर्दा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानी सेनाको एक विमान आज बिहानै दुर्घटनामा परेको हो । दैनिक भास्करले दिएको जानकारी अनुसार रावलपिन्डीको रिहायशी क्षेत्रमा विमान दुर्घटनामा परेको हो । दुर्घटनामा ५ चालक दलसहित १९ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेहरुमा १४ आम सर्वसाधारण भएको बताइएको छ । यस दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार मृतकहरुको संख्या अझै बढ्ने आशंका गरिएको छ । पाकिस्तानी सेनाका अनुसार दुई पाइलटले पनि ज्यान गुमाएका छन् ।

यस्तै, रावलपिन्डीका अस्पतालहरुमा आपत्तकाल लगाइएको छ । पाकिस्‍तानी सेनाका अनुसार यो विमान प्रशिक्षण उड़ानमा थियो । यो बीचमा विमान रावलपिन्डीको दुर्गम क्षेत्र मोरा कालू गाउँमा दुर्घटनाग्रस्‍त भयो । घटना बिहानै भएको हुँदा राहत तथा उद्धार कार्यमा ढिलाई भएको जनाइएको छ । एजेन्सी

प्रकाशित : २०७६, २० श्रावण सोमबार १७:३६