१४ हजार लिटर डिजेल स्टक ट्याङ्कममा लागेकाे अागाेले सुविशु जलेर नष्ट

काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । भीषण आगलागी भए पछि घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता हाेविन्द्र वाेगटीले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरे ।

प्रहरीका अनुसार१४ हजार लिटर डिजेल स्टक ट्याङ्कमा लागेकाे अागाेले पुरै भवनमा रहेकाे सामाग्री नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

सुवेशुमा कार्यरत सुरक्षा गाडका अनुसार नजिकै विद्युत लाइन सर्ट भएर आगलागी भएको बताए ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर र ललितपुरका दमकलहरु परिचालन गरिएको थियो । अहिले पूर्णरुपमा आगलागी नियन्त्रणमा आएको छ ।
काठमाडौ प्रहरीका अनुसार सात वटा दमक मध्य दुई वटा प्रजाेल्न शिल प्रदार्थ नियन्त्रण गर्ने फम दमकल प्रयाेग गरिएकाे जनाएकाे छ । सुविसु नेट तथा टेलिभिजन प्रदायक कम्पनी हाे ।

प्रकाशित : २०७६, २२ श्रावण बुधबार १६:१२