टी-२० वरियतामा पारसको छलाङ

  • 1
    Share

काठमाडौं, २३ साउन । आईसीसी टी-२० वरियताको ब्याटिङमा पारस खड्का २७ स्थान सुधार गर्दै ६६ औँ स्थानमा पुगेका छन् । पारस ब्याटिङ वरियतामा यसअघि ९३ औँ स्थानमा थिए । ब्याटिङ वरियतामा पारसले भारतीय खेलाडी महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका ग्रिस गेललाई समेत पछि पारेका छन् ।

टी-२० अलराउण्डरमा पारस २५ औँ स्थानमा छन् । यसअघि ३९ औँ स्थानमा रहेका उनले १४ स्थान सुधार गरेका हुन् । अलराउण्डरतर्फ दक्षिण अफ्रिकाका क्रिस मोरिस, हार्दिक पाण्ड्या, बेन स्टोक, एन्ड्यु रसेल जस्ता खेलाडीलाई पारसले पछाडि पारेका छन् ।

अलराउण्डरमा नै सोमपाल कामी भने तल झरेका छन् । यसअघि ४८ औँ स्थानमा रहेका उनी अहिले ६६ औँ स्थानमा छन् । बलिङ वरियतामा पनि नेपालको सुधार हुन सकेन । पहिले ६७ औँ स्थानमा रहेका बसन्त रेग्मी अहिले ७१ औँ स्थानमा र ६६ औँ स्थानमा रहेका सोमपाल ७८ औँ स्थानमा पुगेका छन् ।

प्रकाशित : २०७६, २३ श्रावण बिहीबार २०:५५