प्रमुख अतिथि नआएको भन्दै कालीबाबाको बदनाम

  • 52
    Shares

 काठमाडौं । विश्वब्यापीरुपमा ख्याति कमाउनु भएका प्रख्यात धार्मिक हिन्दुधर्म गुरु १००८ कालीबाबालाई बद्नाम गराउन एक समुह सक्रिय भएर लागेको खबर प्राप्त भएको छ ।

नेपालमा एक धार्मिक कार्यक्रम गर्ने भन्दै उक्त समुहले हिन्दुधर्म गुरु १००८ कालीबाबा साउन २० गते नेपाल आउने प्रचार गरेको थियो । कार्य ब्यस्तताका कारण कालीबाबाले भारत स्थित दिल्ली हरियाणबाट नेपाल आउन नसक्ने जनाए लगत्तै सो समुह प्रायोजित रुपमा उँहालाई बद्नाम गराउन सक्रिय भएर लागेको हो ।

कार्यक्रममा प्रमुख अतिथि भनेर बोलाउने अनि आउन नसक्ने जानकारी पाए लगत्तै विरोधका गर्ने प्रवृती आफैमा नियोजित देखिएको कालीबाबा धाम दिल्ली हरियाणाले जनाएको छ । यसरी मनगणन्ते तवरबाट नियोजित बद्नाम गर्ने काम नरोकीए कानुनी उपचार गर्ने सरोकारवाहरुले बताएका छन् ।

कार्य ब्यस्तताका कारण कालीबाबा उक्त कार्यक्रममा नेपाल आउन नसकेको कालिबाबा धाम दिल्ली हरियाणाले जनाएको छ ।

प्रकाशित : २०७६, २४ श्रावण शुक्रबार १५:२४