कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरेरै छाड्छु : अध्यक्ष थापा

  • 10
    Shares

काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्ने दाबी गर्नुभएको छ ।

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस पहिला नै असफल भएको भन्दै अध्यक्ष थापाले सो बताउनु भएको हो ।

राप्रपाको प्रशिक्षण विभागद्वारा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको काभ्रेमा उद्घाटन गर्दै अध्यक्ष थापाले आफुहरुले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको समेत बताउनु भएको छ ।

उहाँले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेको भन्दै यस अवस्थामा राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको दाबी गर्नुभयो ।

प्रकाशित : २०७६, २४ श्रावण शुक्रबार १६:४०