त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर भवनमा आगलागी

  • 18
    Shares

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा आगलागी भएको छ ।

विद्युत सर्ट भएर सो भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम राज सुवेलीले सिन्युजलाई जानकारी दिए ।

अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको समेत उनले जानकारी दिए । आगो निमाउन जामका कारण दमकलाई समस्या परेको छ । आगो निभाउन फम दमकल आवश्यक रहेको वताईएको छ ।

प्रकाशित : २०७६, २७ श्रावण सोमबार २०:१९