अधिकारीको निधनमा नेतादेखि कलाकारले दिए श्रद्वान्जलि

  • 35
    Shares

काठमाडौं ।  बरिष्ठ अभिनेतृ शुभद्रा अधिकारीको निधनमा राजनीतिकर्मी एवं कलाकर्मीहरुले श्रद्धान्जलि ब्यक्त गरेका छन् । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले शोक बक्तब्य जारी गर्दै अधिकारीको निधनले कलाकारिता क्षेत्रमात्र नभएर देशलाईनै अपूरणिय क्षति भएको बताएका छन् । उनले अधिकारीको निधनले देशले कुशल कलाकार गुमाएको उल्लेख गरेका छन् । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि ट्वीट गर्दे अधिकारीको निधनले  जीवन्त अभिनयबाट  जनताको मन जित्न सफल  वरिष्ठ अभिनेतृ गुमाउदाँ दुख लागेको बताएका छन् । यसैगरि कलाकार सरोज खनाल,किरण केसी, रविन्द्र खड्का लगायतले पनि अधिकारीको निधनप्रति श्रद्वान्जलि ब्यक्त गर्दे शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गरेका छन् । यसैगरि कलाकार अनुप बरालले पनि आफ्नो लेखनमा बनेको पहिलो चलचित्र  आँशुबाट आमा छोराको नातामा बाँधिएको स्मरण गर्दै अधिकारीप्रति श्रद्वान्जलि ब्यक्त गरेका छन् ।
कलाकार अधिकारीको ७३ बर्षको उमेरमा शनिवार बिहान निधन भएको थियो  । उनको पार्थिव शरिर श्रद्धान्जलिका लागि  उनको निवास डल्लुमा राखिएको थियो ।  चार दशकदेखि चलचित्र क्षेत्रमा क्रियाशिल अधिकारीले दर्जनौं चलचित्रमा जिवन्त अभिनय गरेकि थिइन् । चर्चित चलचित्र कन्यादानमा उनले निर्वाह गरेको छुच्ची सासुको भूमिका चर्चित बनेको थियो ।उनको पहिलो चलचित्र मनको बाँध हो । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित : २०७६, ३२ श्रावण शनिबार १७:३५