अवैधरुपमा बालबालिका राखेकाे आरोपमा ३ जना पक्राउ, ९ बालबालिकाकाे उद्धार

  • 1
    Share

नमूना प्रगतिशिल महिला समाज नामकसंस्था खोली बालबालिका राखेको अभियोगमा सोही संस्थाका  ३ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डिएसपी लालध्वज सुवेदीकाले पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी, ४२ वर्षका रत्न परियार र ४८ वर्षका प्रताप राना रहेको बताए ।

डिएसपी सुवेदीका अनुसार नागार्जुन नगरपालिका ४ वाफलस्थित उक्त संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको वताए । प्रहरीले उक्त संस्थाबाट ९ जना बालबालिकाहरु उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकाहरुलाई बालहेल्पलाईन कलंकी राखिएको छ ।

प्रकाशित : २०७६, ५ भाद्र बिहीबार २०:०८