लोक संगीत अवार्डको दोस्रो संस्करण कोरियामा हुने

काठमाडौं । यस बर्षको ‘लोक संगीत अवार्ड २०१९’ दक्षिण कोरियामा हुने भएको छ ।

गत साल मलेसियामा भएको लोक संगीत अवार्डको दोस्रो संस्करण सेप्टेम्बर १४ मा दक्षिण कोरियाको सिउलमा हुन लागेको हो ।

हिमालयन नेपाली ईभेन्ट प्रालिको आयोजनामा ‘सृजनाको मूल्याङकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्धन हाम्रो अभियान’ भन्ने नाराको साथमा अर्वाड हुन लागेको हो । अर्वाड कार्यक्रममा नेपाली लोक गीत, आधुनिक, पप, लोक पपलगायतका विभिन्न विधामा अवार्ड वितरण गरिने छ ।

नेपाल पर्यटन वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने उद्धेश्यले अवार्ड आयोजना गरिएको आयोजकको दाबी छ ।

अवार्डको निर्णायक मण्डलमा गायक यम बराल लोक तथा दोहोरी गायिका सुनीता दुलाल, गायक बिक्रमजंग शाहीलगायत छन् । नेपाली गीत–संगीत जगतको उत्थान तथा  श्रीबृद्वि, गायक सर्जक तथा संगीत क्षेत्रमा जोडिएका व्यक्तिहरुको योगदानको सम्मानका लागि अवार्ड आयोजना गरिएको आयोजक हिमालयन नेपाली ईभेन्ट प्रालिका प्रबन्ध निर्देशक सबिन घिसिङले जानकारी दिए ।

घिसिङले भने, ‘लोक संगीत अवार्ड २०१९ को उद्देश्य अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन गर्नु हो । अवार्डले संगीत क्षेत्रमा क्रियाशिल कलाकारको सम्मान तथा क्रियाशिलतामा प्रेरणा मिल्ने आयोजकको बिश्वास छ

प्रकाशित : २०७६, १२ भाद्र बिहीबार १४:४०