प्रदेश सरकारको निर्णय मृतकका परिवालाई ३ लाख दिने

रोसन दानी

जनकपुर १८ चैत्र

आइतबार साँझ आएको हुरी र भुमरीले तराईमा  मृत्यु भएका परिवारलाई २ नम्वर प्रदेश सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आपतकालीन वसेको प्रदेश नम्बर २को  मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । २ नम्वर प्रदेशका मुख्य सचिव दिपक सुवेदीले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय राहात तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति गठन गरिएको वताए ।

मुख्य सचिव सुवेदीले उक्त उच्चस्तरीय समितिमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री राम नरेश राय सदस्य ,समाजिक विकास मन्त्री नवल किशोर शाहा सदस्य, मुख्य न्यायधिवक्ताको कार्यालयका मुख्य न्यायधिवक्ता दिप्न्द्र झा सदस्य,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अरुण कुमार झा सदस्य सचिव रहने गरि राहात तथा उद्धार व्यवस्थापन  उच्चस्तरीय समिति गठन गरि प्रभावित क्षेत्रमा गईसकेको वताए ।

मुख्य सचिव सुवेदीका अनुसार विपद्,व्यवस्थापन उद्धार,क्षतिपुर्ति,उपचार तत्काल राहात उपलव्ध गराउने कामका लागि संवद्ध निकायहरु संग पहल भईरहेको र विपद व्यवस्थापनको लागि तत्काल औषधी ,खाद्यान्न त्रिपाल लगायत राहातका सामाग्री तथा तत्काल उपचार उपलव्ध गराउँन जिल्ला दैविक प्रकोप उद्धार समितिलाई काम थाल्न निर्देशन भईसेको वताए ।

प्रदेश नम्व २ को सरकारले आपत विपदमा परेकोहरुलाई तत्काल सहयोग गर्न चाहानेहरुको लागि मुख्य मन्त्री राहात कोषको खाता नम्वर १२२०५३०००००० को राष्ट्रिय वार्णिज्य बैंक लिमिटेड जनकपुर शाखामा सहयोग उपलव्ध गराउन समेत आव्हान गरेको छ ।

बैठकले घाइतेको उपचार गर्ने, घरवार विहिन भएकालाई  वासस्थानको व्यवस्थापन गर्ने निर्णय गरेको छ । हावाहुरीका कारण घर, इँटाभट्टा, बिजुलीका पोल, रूख र पर्खाल ढलेर सर्वसाधारण घाइते भएका हुन । हावाहुरीका कारण सवारी दुर्घटना हुँदासमेत केही घाइते भएको प्रहरीले वतायो ।

घाइतेको कलैया जिल्ला अस्पताल, वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेजलगायतमा उपचार भइरहेको छ ।’