‘चन्द्रागिरी महिला जागरण’ तीज विशेष सम्पन्न

  • 46
    Shares

काठमाडौं, १२ भदौ । चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले स्थानीय कला संस्कृतिलाई जोगाउन महिलाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् । हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तितीजको अवसरमा ‘चन्द्रागिरी महिला जागरण’ समूहको ओजनामा तीज विशेष कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले वर्षमा एक पटक महिलाहरुको दुख भुलेर गरिने सांस्कृतिक कार्यक्रमले महिला दिदी, बहिनीहरुलाई उत्प्रेरणात्मक गर्न खोजेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो चन्द्रागिरी सबै कुरामा धनी छ, प्रकृतिक ऐतिहासिक र पौराणिक महत्व बोकेका स्थल पनि यहि छ । हामी कला संस्कृतिमा धनी छौं । हाम्रो जात्रा परम्परा जीवित राख्ने काम तपाई हाम्रै हो ।’

गिरीले तीजका नाममा हुने उग्र तडक–भडक रोक्न महिलाहरुले पनि बिशेष भूमिका खेल्न सक्ने र समाजमा महिलाहरुको प्रभाव राख्ने खालको सामाजिक कार्यमा पनि हात विस्तार गर्न सुझाब दिए ।
कार्यक्रममा महिला समूहकी अध्यक्ष बिमला पोखरेलले समूदायमा महिला हरुलाई एकीकृत गर्नको निम्ति महिला शसक्तिकरणमा विशेष जोड दिनुपर्ने बताइन् ।

उनले पारिवारिक सम्बन्ध रहेको र महिलाहरुले परम्परागत सोचबाट माथि उठेर अधि बढनु पर्ने उनको भनाइ थियो । कार्यक्रमको महिला समूहले विभिन्न बिधामा सहयोग गर्ने र जेष्ठ नागरिकलाई सम्मान समेत गरेको थियो । उत्कृष्ट बचतकर्ता निर्मला पोखरेल, उत्कृष्ट ऋण कारोबार भवानी बस्नेत र जेष्ठ सदस्य गोमा बस्नेतलाई प्रमुख अतिथि को हातबाट सम्मानित भएका थिए ।

१६० जना भन्दा बढी महिला हरुको उपस्थिति रहेको सो कार्यक्रममा सुरुवातदेखि अन्तसम्म जम्मा भएका दिदी–बहिनीहरू छमछमी नाचेका थिए । कार्यक्रमको अन्तमा उत्कृष्ट नृत्य प्रदर्शन गर्नेहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रकाशित : २०७६, १२ भाद्र बिहीबार १९:४९