सितापाईलामा धारिलाे हतियार आक्रमणवाट बस्नेतकाे ज्यान गयाे

१६ भदौ काठमाडौं  काठमाडौंकाे सितापाईला स्थित अज्ञात समुहकाे धारिलाे हतियार प्रहारबाट एक जना युवाकाे ज्यान गएकाे छ ।

तीन जनाकाे समुहमा आएका ब्यत्तिले छातीमा धारिलाे हतियार प्रहार वाट नागार्जुन नगरपालिका ५ घर भएका बर्ष २६ काे अाकाश बस्नेतकाे ज्यान गएकाे हाे ।

महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लाल ध्वज सुवेदीकाे अनुसार बेलुकीकाे समयमा बस्नेतलाई छातीमा धारिलो हतियार प्रयाेग बाट ज्यान गएकाे बताए ।

राती अाठ बजेकाे समयमा घाईते बस्नेतलाई मनमाेहन अस्पतालले मृत्यु भएकाे बताएकाे थियाे । प्रहरीले केही ब्यत्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरि सकेकाे छ ।
स्राेत अनुसार रेम्वाे चक्कु प्रहारबाट घाइते बस्नेत अचेत अबस्था वाट अस्पताल पुर्याउनु अघिनै मृत्यु भएकाे थियाे ।

प्रकाशित : २०७६, १६ भाद्र सोमबार २३:२५