उपचार राहात र उद्धारमा कुनै कसर नराख्न प्रधान मन्त्री ओलीको निर्देशन

जनकपुर १८ चैत्र
प्रधान मन्त्री ओली प्रभावित क्षेत्रमा पुगेर राहात र उद्धारमा कुनै कमि हुन नदिन सम्वन्धीत निकायलाई निर्देशन दिएका छन् ।
बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले राहात र उद्धारमा कुनै कमि हुन नदिने निर्देशन दिएका हुन । पिडितलाई भेटेर प्रधान मन्त्री ओलीले भने,सरकार आएको छ तपाईहरु नआतिनुस सरकार राहात र उद्धारमा ग्रभिर छ, सवैको उपचार हुनु पर्छ,”
प्रधान मन्त्री ओलीले बाराको कलैया अस्पतालमा उपचार हुन नसकेका लाई कलैया अस्पतालबाट आफूसँगै त्यहाँ पुगेको सेनाको हेलिकप्टरमा राखेर घाइतेहरूलाई काठमाडौं ल्याएका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बाराको
बाराका १० वर्षीय बुलम महम्मद अन्सारीलाई वीर अस्पताल र बाराकै सुनीता देव ठाकुरलाई टिचिङ अस्पताल महाराजगञ्ज पठाएको प्रधान मन्त्रीको कार्यालयले जनाएको छ ।

दिउँसो हावाहुरी प्रभावित ठाउँको निरीक्षण गर्न गएका प्रधानमन्त्रीले बारा र पर्साका तीन अस्पतालमा भर्ना भएका घाइते र उनका आफन्तलाई भेटेका थिए ।

बाराको कलैया अस्पताल र पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा पुगेर प्रधानमन्त्री ओलीले घाइते र घाइतेका आफन्त भेटेको प्रदेश नम्वर २ का मुख्य सचिव दिपक सुवेदीले वताए ।

प्रभावित क्षेत्रमा हवाई निरीक्षण गरेका प्रधान मन्त्री ओलीले त्यसपछि अस्पताल गएर बिरामी र बिरामीका आफन्तलाई भेट गरि अस्पताल प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।