७जना समकक्षहरुलाई No (not qualified) को सज्ञा दिदै परिक्षा दिनबाट बञ्चित गराईएको भन्दै शिक्षा मन्त्रीलाई खुला पत्र

  • 8
    Shares

माननीय  शिक्षा मन्त्री ज्यु ,

शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय

सिंहदरबार,काठमाडौं

                        बिषयः- नितिगत त्रुटि सच्याई पिडितलाई  न्याय दिने  बारे

                            उच्च शिक्षाको नाममा बिदेश जाने लहर चलिरहेको बेला म/ हामी आफ्नै देशमा केहि  सिकौ र गरौ भन्ने उद्वेश्यले पद्‍मकन्या बहुमुखि क्याम्पस बागबजारमा तेस्रो सेमेस्टरमा home science(food and nutrition) मा अध्ययनरत छु/छौ अब भदौ २९ गते देखि नै 3rd सेमेस्टरको  परिक्षा हुन गैरहेको अबस्थामा दुःखद कुरामा म/ हामी ७जना समकक्षहरुलाई No (not qualified) को सज्ञा दिदै परिक्षा दिनबाट बञ्चित गराईएको छ म/हामी आफैले चाहेर पनि क्लासमा उपस्थित भई पढ्ने वातावरण थिएन किन भने ईच्छा र रहर भन्दा पनि पारिवारिक र सामाजिक दायित्वको बोझ बहन गर्नु पर्ने जिम्मेवारी  छ थियो हामी कलेजमा  कलेजको  निम्न अनुकुल ८० % हाजिर जनाउन बिभिन्न परिस्थितिका कारणबश नसकेतापनि आफु अनुकुल घरमै बसी स्व अध्ययन गर्दै परिक्षाका लागि तयारी गरिएको थियो गत साउनको अन्तिम हप्ता श्रावण २० देखि २५ गतेसम्म मैले /हामीले परिक्षाको लागि फाराम भरि कलेजमा बुझाएका थियौ तर NO भनेर फाराम  TU नपठाएको कारण हामीलाई भदौ ४ गते तिर थआहा पाईयो त्यसपछि म/हामीले subject teacher तथा department head(प्रध्यापक)मनषा थापा ठकुरी म्यामलाई कारण सहितको बिनम्र अनुरोध गर् पनि आवश्‍यक सुनुवाई हुन सकेन गत बैशाख बाट सुरु भएको गृह बिज्ञानको master of Arts को food तथा nutrition शंकायमा तेस्रो सेमेस्टरमा अध्ययनरत भई  क्लास लिई रहेको हुदा मेरो गर्भ रहेको  ७ महिना चलिरहेको थियो सो बखतमा म नियमित २महिना अर्थात असारको पहिलो हप्ता सम्म कलेजमा उपस्थिति जनएतापनि  मेरो अवस्थालाई नजरअन्दाज गरेको पाईयो असार १५ गते अस्पताल भर्ना भई असार १६ गते म सुत्केरी हुन गएको कारण  यस पश्‍चात म क्लासमा उपस्थित हुन नसकेको कारण कुनै पनि पुर्व सुचना बिना नै मेरो फाराम रोकिएको हुनाले यस मार्फत यो कुराको पुरा बिबरण माग्न पुगेको छु ।

पद्‍मकन्या क्याम्पसको तेस्रो सेमेस्टरमा पढ्ने क्रममा मेरो श्रीमान विदेशमा हुनुभएको कारण मेरो ससुरा बाको  बिरामी अवस्थामा मैले उहाँको स्याहार गर्नुपर्ने छ मेरो ससुरा बालाई liver psychosis भएको हुदा  म आफ्नो श्रीमानको घर मोरङमा रहनु भएको  मेरो ससुरा बुवालाई आफैले नै उपचारको लागि  लिएर जानु पर्ने अवस्था भएको  कारण म क्लासमा उपस्थित हुन सकिन यस कारणले गर्दा मेरो कलेजले मेरो परिक्षा फाराम रोकिदिएको  जानकारी गत भदौ ५ गते गर्न पुगेको हुंदा मलाई जाँच दिने व्यवस्था  मिलाउन अनुरोध गर्दा पनि कलेजले वे वास्था गरेको  छ त्यस्तै गरी मेरो  शारिरीक अवस्थामा कमजोरीका कारण र माईग्रेन बिरामी  भएको हुनाले निरन्तर औषधी खानु पर्ने र कलेजको नियम अनुसार क्याम्पसमा उपस्थित हुन नसकेको  हुंदा  NO लगाई मेरो परिक्षा फाराम  रोक्का गरिएको हुदा exam दिन नपाईएको कारण सहित प्रिन्सिपल म्याडममा आफ्नो परिस्थिति विस्तार गर्दा पनि वेवास्था गरिदिनु भएको छ । हामी  ७ जनामा  ४ जनाको  pregnancy  case छ भने  १ जनाको पारिवारिक समस्या र २ जनाको आफ्नै स्वास्थ्य स्थिति बलियो नभएको  कारण छन ।

म/हामीले यस तेस्रो  सेमेस्टरको परिक्षा दिन  नपाए हाम्रो लगभग डेढ बर्ष खेर जानेछ अव यस कारणवश मैले हामीले हाम्रो शिक्षालाई निरन्तरता दिन सकेनौ भने म लगायत हाम्रो शिक्षा यहिनै टुङ्ग्याउनु पर्ने हुन सक्छ ।

आशा छ माननीय ज्युले नितिगत त्रुटिको कुरालाई सच्याई हामीलाई परिक्षामा उपस्थिति गराउने वातावरण मिलाई दिनु हुन अनुरोध गर्दछौ ।

बोधार्थः-

 श्री नेपाल त्रिभुबन बिश्‍व बिधालय,बल्खु काठमाडौं ।

 श्री डिनको कार्यालय बल्खु,काठमाडौं ।

प्रकाशित : २०७६, १९ भाद्र बिहीबार १५:०६