गायक राजेश पायलको घरमा आगलागी

  • 3
    Shares

चर्चित गायक राजेश पायलको घरमा आगलागी भएको छ । बानेश्वर स्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन । आगलागीबाट मानवीय क्षती भने नभएको बुझिएको छ । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । थप विवरण आउन बाँकी रहेको छ । गायक राई यतीबेला साङ्गीतिक कार्यक्रमका लागि नेपाल बाहिर छन् ।

प्रकाशित : २०७६, ३० भाद्र सोमबार २२:४५