याे सरकार अधिनायकवाद हुन सक्दैन : उपप्रधानमन्त्री पाेखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेले वर्तमान सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् ।

उद्योग वाणिज्य संग काठमाडौ चेम्बर अफ कमर्शले राजधानीमा अायाेजित एक महिने रक्तदान कार्यक्रम समापनमा बाेल्दै उपप्रधानमन्त्री पाेखरेले अावधिक निर्वाचन कानुनी शासन जनतावाट अनुमाेदित गर्ने पाटीकाे सरकार भएकाले वर्तमान सरकार   अधिनायकवादी हुननसक्ने बताएका हुन ।

उपप्रधानमन्त्री मन्त्री पाेखरेलले गणतन्त्रकालागि गरेका संर्घष पछि गणतन्त्र भित्रका कमिकमजाेरी हल गर्न बाकी रहेका नीति तथा कानुन निर्माणकार्यमा सरकार गम्भीरताका साथ अगाडि बढी रहेकाे उनकाे भनाई थियाे ।

उपप्रधानमन्त्री पाेखरेले सरकार उद्योग व्यवसायीहरूकाे समस्या समाधानमा गम्भीर भएकाे बताए । उनले भने चेम्बरले भाेगेका समस्य  एक,दुई,तीन बुदागत रूपमा ल्याउनुस म समस्या समाधानमा लाग्नेछु ।”

कार्यक्रममा उद्योग वाणिज्य संग काठमाडौ चेम्बर अफ कमर्शका अध्यक्ष कृष्ण मान श्रेष्ठले  ब्यापार र व्यवसाय गर्ने व्यक्तिहरू सामाजिक रूपान्तरमा र सामाजिक उक्तरदायित्वमा गहन भएर लागेकाे खण्डमा देशकाे अार्थिक सामाजिक विकासमा याेग्दान पुग्ने बताए ।

उनलेे उद्योगी व्यवसायीहरूकाे हक हित लागि भिटिएस प्रणाली र प्यान मार्फत कर्मचारीहरूकाे तलव बितरणमा सरकार लचिलाे हुनु अाग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ काठमाडौ चेम्बर अफ कमर्श अन्तर्गत सामाजिक उतरदायित्व अन्तगत  भदाै १ देखि भदाै ३१ गते सम्म सञ्चालित  रक्तदान कार्यक्रम करिव ८ सय जनाले रक्तदान गरिएकाे अध्यक्ष श्रेष्ठले बताए ।

साे रक्तदान कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य संघ चेम्बर अफ कमर्श महानगरपालिका पहिलाे र चन्द्रागिरि नगरपालिका दाेश्राे स्थान घाेषित भएका थिए ।