प्रहरी चौकी थलीका इन्चाजलाई घुस लिँदालिँदै पक्राउ

फाईल फोटो
  • 28
    Shares

१ असोज, काठमाडौं । महानगरीय प्रहरी बृत्त बौद्धको मातहतमा रहेको प्रहरी चौकी थलीका इन्चाजलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै काठमाडौंमा एक प्रहरी चौकीका इन्चार्जलाई पक्राउ गरेको हो । कार्यकक्षमै घूस लिइरहेका बेला पन्तलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित : २०७६, १ आश्विन बुधबार १७:१८