संविधान दिवसको अवसरमा दहचोकको बडा कार्यालयमा दिप प्रजोलन

  • 13
    Shares

रोसन दानी ,काठमाण्डौ ३ असोज
नेपालको संविधान ऐतिहासिक संविधान सभाले जारी र घोषणा गरेको आज २०७६ आश्विन ३ गते बाट पाँचौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा चन्द्रागिरि नगरपालिका बडा नम्वर १ ले शुभकामना सहित अन्तरक्रिया तथा दिप प्रजोलन समारोह सम्पन्न गरेको छ ।

साविक दहचोक गाविस चन्द्रागिरि वडा कार्यालयमा आयोजित अन्तरक्रिया तथा दिप प्रजोलन समारोह विषेश कार्यक्रमका विच सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपािलका बडा नम्वर १ का वडा अध्यक्ष राजेन्द्र केसीले विकास र समृद्धिका लागि आएको संविधान देशको आर्थिक समृद्धिमा महत्वपुर्ण संविधान भएको बताए । अध्यक्ष केसीले सवैको अपनत्व र साझा दस्तावेज कायान्वयनमा सवै बर्ग समुदायको साझा दस्तावेज अनुरुप अक्षरस्त कार्यान्वयनमा लाग्न प्रेरित गरे ।

कार्यक्रममा दहचोक गाविसका पुर्व अध्यक्ष तथा नेकपाका ३ नम्वर प्रदेश सदस्य हरिशरण थापाले देशको सामाजिक,आर्थिक रुपमा कमजोर पार्ने शक्ति विरुद्ध एकताबद्ध रुपमा लाग्नु पर्ने बताए । उनले संविधानको मुल मर्मलाई आत्मसाथ गर्दे देशको आर्थिक,सामाजिक र सवै पक्षको विकास र समृद्धिको आधार तयार पार्न लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य अन्नत राज सिग्देलले विश्वकै नमुना र उत्कृष्ठ संविधान निमार्ण भएको कारण देशका सवै वर्ग समुदायलाई यो संविधानले जनताको आधारभुती अधिकारको प्रत्याभुती गरेको जिकिर गरे ।

कार्यक्रममा नेपाली काँग्रसका जीवन गिरीले संविधाने प्रर्डकट मुल्य मान्यतालाई जनताहरुको भावनाको कदर गर्दे सहिदहरुको वलिदानीले आएको संविधान जनताको संविधान बनाउन एकताबद्ध रुपमा अगाडी बढ्नु पर्ने आवश्यकता रहेको औल्याए ।

प्रकाशित : २०७६, ३ आश्विन शुक्रबार २२:४१