सवारी ज्यान मुद्दाका थुनुवा तामाङ हत्कडी सहित फरार

काठमाण्डौं । ५ असोज  सवारी ज्यान मुद्दाका थुनुवा जिल्ला अदालत काठमाण्डौं वाट फरार भएको छ ।
काठमाडौं जिल्ला अदालतवाट दाहिने हातमा हत्कडी लगाएको सवारी ज्यान मुद्दाका थुनुवा बर्ष २८ को सनम तामाङ फरार भएका हुन ।

गोरो वर्ण अन्दाजी ४ फिट कालो टाउजर र सेतो टिर्सट लगाएको तामाङ जिल्ला अदालत वाट फरार भएपछि तामाङलाई प्रहरीले तिव्र रुपमा खोजि गरिरहेको छ ।

जिल्ला अदालतले २८ वर्षीय सनम तामाङलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि वढाउन आदेश दिएको थियो ।अदालतको आदेश थाहा पाएलगत्तै तामाङ प्रहरी घेरावीच हत्कडीसहित भागेको प्रहरीले जनाएको छ ।

पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएलगत्तै उनी फरार भएको र खोजी जारी रहेको  प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त गौशाला मार्फत सवारी ज्यान मुद्धा चलाईएका तामाङ जिल्ला अदालत वाटै फरार भएको स्रोतले बतायो ।