काठमाण्डौं । ५ असोज सवारी ज्यान मुद्दाका थुनुवा जिल्ला अदालत काठमाण्डौबाट हत्कडी सहित फरार तामाङ अनामनगर स्थित हनुमानथानबाट प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतवाट दाहिने हातमा हत्कडी लगाएको सवारी ज्यान मुद्दाका थुनुवा बर्ष २८ को सनम तामाङ फरार भएका थिए ।
तामाङ जिल्ला अदालत वाट फरार भएपछि तामाङलाई प्रहरीले तिव्र रुपमा खोजि गर्दा महानगरीय प्रहरी वृत्त सिंहदरवारको टोलीले पक्राउ गरेको महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख उत्तम राज सुवेदीले बताए ।
जिल्ला अदालतले २८ वर्षीय सनम तामाङलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि वढाउन आदेश दिएको थियो ।अदालतको आदेश थाहा पाएलगत्तै तामाङ प्रहरी घेरावीच हत्कडीसहित भागेको प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।
पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएलगत्तै उनी फरार भएको र महानगरीय प्रहरी बृत्त गौशाला मार्फत सवारी ज्यान मुद्धा चलाईएका तामाङ जिल्ला अदालत वाटै फरार भए पछि तामाङको खोजी गर्न काठमाण्डौ प्रहरी परिसरको टोली व्यापक परिचालित गरिएको थियो ।