मार्सल जुलुम देशको परिर्वतनका लागि एक होनाहार यौद्धा थिए : सभापति देउवा

  • 593
    Shares

 काठमाडौं । ९ असोज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्रका लड्ने योद्धाहरुको उचित सम्मान गर्न नसकिएको बताएका छन् ।

नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम शाक्यको ८० औं जन्मजयन्ती एवं प्रतिमा अनावरण कार्यक्रममा सभापति देउवाले प्रजातन्त्र ल्याउन योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको बताएका हुन् । उनले जनताको अधिकार र प्रजातन्त्र प्राप्तीको लागि मार्सल जुलुम गरेको अतुलनीय योगदानका कारण र देशको परिर्वतनका लागि एक होनाहार यौद्धा भएकै कारण देशमा परिर्वनतको रेखामा हिडिरहेको जिकिर गरे ।

सभापति देउवाले पूर्वमन्त्री शाक्यको तत्कालिन राजा स्वर्गीय महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथी ‘कु’ गरेपछि स्वर्गीय शाक्यले राजाको बिरुद्ध आन्दोलनमा देखाएको साहस, निडर र नेतृत्वको प्रशंशा समेत गरे । कार्यक्रममा कांग्रेस नेता ध्यानगोविन्द रञ्जितले स्वर्गीय शाक्यजस्ता अथक योद्धाहरुको नेतृत्व वर्गले उचित मुल्याङ्कन गर्न नसकेको गुनासो गर्दे योद्धाको इतिहास भावी पुस्तालाई सधै वुझाउन जरुरी रहेको बताए ।

कार्यक्रममा पुर्प रक्षा मन्त्री तथा प्रतिनिधि सभा सांसद भिमसेन दास प्रधानले शाक्य निवाशको सोही घरमा भूमिगत समयमा नेपाली कांग्रेसका शीर्ष नेताहरुसहित राजनीतिज्ञहरुले राजनीतिक रणनीति बनाउने गरेको समझना गरे । पुर्व मन्त्री नविन्द्र राज जोशीले शाक्यलाई तत्कालीन पञ्चायती व्यवस्थाले गिरफ्तार गरेको र पहिलो पटक यसरी गिरफ्तारीमा परेका शाक्यलाई तत्कालीन व्यवस्थाले ७ वर्षसम्म जेल जिवन, नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा संचालित हरेक आन्दोलन र संघर्षमा संलग्न रहँदा उनले १४ वर्ष भन्दा बढी समय जेलजीवन व्यतित गरेको चर्चा गरे ।

कार्यक्रममा पुर्व राज्य मन्त्री तिर्थ मान डंगोलले परिर्वतनका लागि लड्ने योद्धाहरु ईतिहासका पानमा सधै अटाईरहने र उनीहरुको सपना अवका युवा पुस्ताले पुरा गर्ने अविभारा आएको बताए । ओम बहालको मिमनमी बहालस्थित स्वर्गीय शाक्यको निवासमा प्रतिमा स्थापना गरिएको हो । २०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा शाक्य वाणिज्य तथा आपूर्तिमन्त्री थिए । खास नाम जुलुमकाजी शाक्य भएपनि उनले भूमिगत कालमा मार्शल जुलुम शाक्यको नामबाट प्रजातन्त्र प्राप्ती लागि भएको आन्दोलनमा सक्रिय रहेका थिए ।

शाक्यको जन्म बि.स.१९९६ मा जन्म भएको थियो भने बि.स.२०७४ सालमा ७८ सालको उमेरमा निधन भएको थियो । स्व. शाक्य वि.सं. २०४३ देखि २०४५ सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको कार्यवाहक सभापति थिए र त्यसपछि केही समयसम्म जिल्ला सभापति समेत रहेको स्मरण नेपाली कांग्रेसले गरेको छ ।

शाक्य नेपाली कांग्रेसका संस्थापक नेताहरु— बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँग अत्यन्त नजिकमा रहेर राजनीतिमा सक्रिय रहेका थिए । मार्शल जुलुम शाक्य नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत थिए भने वि.सं. २०४६ सालको जनआन्दोलनका क्रममा केन्द्रीय एक्सन कमिटीको सदस्य थिए । शाक्य वि.सं. २०४७ सालमा नेपाली काग्रेसका तत्कालीन कार्यवाहक सभापति एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा यातायात तथा आपूर्ति मन्त्री थिए । नेपालको संविधान २०४७ जारी गर्नमा समेत स्वर्गीय शाक्यले अहम् भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : २०७६, ९ आश्विन बिहीबार १८:४४