बुढिगण्डकीे मुआब्जा बितरणमा भइरहेको ढिलाई प्रति सरोकारबालाहरुले चासो

काठमाण्डौं ÷१९ चैत
बुढीगण्डकी जलबिद्युत आयोजनाको मुआब्जा बितरणमा भइरहेको ढिलाई प्रति सरोकारबालाहरुले चासो देखाएका छन् ।
काठमाडौमा एक कार्यक्रमको आयेजना गरि उनीहरुले बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणमा भइरहेको ढिलाई प्रति सरोकारबालाहरुले चासो देखाएका हुन ।
अन्तरक्रिया कार्यक्रममा सहभागिले राज्यले जनताको रोक्का गरिएको जग्गा फुकुव गर्नुका साथै पुर्नवासको व्यवस्थागर्नुपर्ने माग गरेका छन ।
कार्यक्रमका प्रतिनिधि सांसद खेम लोहनीले सरकारले उचित मुआब्जाको व्यवस्था गर्ने विश्वास व्यक्त गरे । राज्यले बनाएको योजना अनुसार विगतमा भएको मागको सुनुवाइ, उचित मुआब्जा वितरण गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागिहरुले उचित मुआब्जाको बितरण छिटो गरिनुपर्ने , रासकट्टी सरकारले लिन नहुने र जनतामा पुर्नवासको व्यवस्था गरिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित : २०७५, १९ चैत्र मंगलवार १८:११