पार्टीको निर्णयसँगै सभामुख महराले दिए राजीनामा

  • 9
    Shares

काठमाडौँ । यौन दुब्र्यवहारको आरोप लागेका सभामुख महराले अन्ततः राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनु पर्ने ठहर गरेपछि उनले राजीनामा दिएका हुन् ।

संसद सचिवालयमा कार्यरत एक महिलाले सोमवार सभामुख महराले आफुमाथि यौन दुब्र्यवहार गरेको आरोप लगाएपछि यस विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा ९नेकपा० सचिवालयको आकस्मिक बैठक समेत डाकिएको थियो ।

प्रकाशित : २०७६, १४ आश्विन मंगलवार १३:२१