सतुङगलमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार अधिकारीको मृत्यु

  • 15
    Shares

१४ असोज, काठमाडाैं । थानकाेटमा ट्रिपरकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाईकललाई बागेश्वरी तर्फ जाँदै गरेकाे ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

थानकोटबाट कंलकी आउँदै गरेको बा २६प ४९०३ नम्बरकाे मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङगल स्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशा तर्फ गईरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मुत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले मृत्यु हुनेमा जिल्ला चितवन रत्ननगर १६ का वर्ष २५ का सुनिल अधिकारी भएको बताए । घाईते हुनेमा ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ४१ टिका बहादुर बाँनिया रहेका छन् ।

दुर्घटनामा घाईते बाँनियाको ओम समाज अस्पताल सतुङगलमा उपचार भइरहेको छ । ट्रिपर र ट्रिपर चालक भने महानगरीय प्रहरी बलम्वुले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७६, १४ आश्विन मंगलवार २२:४०