कितिपुर बृत्तले सुन सहित काठमाण्डौको चावेहिलवाट दुई पक्राउ

  • 9
    Shares

काठमाण्डौ १४ असोज  महानगरीय प्रहरी बृत्त कितिपुरले अवैध सुन सहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त वाट खटि गएको सिभिल प्रहरी केशर महतरा र सुरेश चन्दको टोलीले विषेश सुराकीको आधारमा सुन सहित दुई जनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त कितिपुरका डिएसपी छेदलाल कामतीका अनुसरा दुवैवाट अवैध सुन आउदै छ भने सुचना प्राप्त हुना साथ जिल्ला नवलपरासी देवचुली नगरपालिका ११ का वर्ष ४० का धुर्व बहादुर दलामी र जिल्ला बाग्लुङग जयमानी नगरपालिका २ घर भई काठमाण्डौ गंगवु वस्ने वर्ष २५ का निर वहादुर परियारलाई सुन सहित पक्राउ गरिएको बताए ।

प्रहरीले त्रिभुवन विमान स्थलवाट सुन पास भईसकेपछि उनीहरुको साथवाट दुई दुई वटा सुनको वाला १६ तोला १४ लाल अन्दाजी १२ लाख बरावरको काठमाण्डौको चावेहिलवाट सुन सहित नियन्त्रणमा लिएको डिएसपी कामतीले जानकारी दिए ।
प्रहरीले सुन सहित अनुसन्धान पश्चात राजस्व कार्यलय पुलचोक पठाएको कितिपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, १४ आश्विन मंगलवार २३:०८