चन्द्रागिरि त्रिभूवनपार्क स्थित एक युवाको शव फेला

  • 47
    Shares

काठमाण्डौ १५ असोज काठमाण्डौको चन्द्रागिरि त्रिभूवनपार्क स्थित एक युवाको शव फेला परेको छ ।
चन्द्रागिरी नगरपािलक वडा नं.४ त्रिभूवनपार्क स्थित वडा नं. ४ र ७ को बिच भागमा रहेको खोलामा एक युवाको शव फेला परेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमार विक्रम थापका अनुसार नाम थर वतन नखुलेको अन्दाजी ३०,३५ बर्षको पुरुष ब्यक्तिको शव खोलाको पानीमा मृत अवस्थामा फेला परेको बताए ।

थानकोटका डिएसपी थापाका अनुसार बर्ण गंहुगोरो उचाइ ५ फिट १ इन्च, कालो जिन्स पाईन्ट लगाएको मंगोलियन चेहेरा भएको व्यक्तिको शव कस्को हो भने पुष्टि नभएको बताए ।

थानकोट प्रहरीले कोहि कसैले हुलियाँ थाहा पाए सम्वन्धीत व्यक्तिहरुलाई थानकोट प्रहरीमा खवर गर्न अनुरोध समेत गरेको छ ।

प्रकाशित : २०७६, १५ आश्विन बुधबार १९:४२