महरा प्रकरण : पीडित महिलाले प्रहरीमा हालिन निवेदन

  • 5
    Shares

१५ असोज, काठमाडौं ।  यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराको बचाउँ गर्दे महिलाले प्रहरीमा निवेदन दर्ता गराईएकी छन् ।

महानगरीय प्रहरी बृत्त बानेश्वरमा एक उच्च स्रोतका अनुसार महराको बचाउँ गर्दे निवेदन दर्ता गराएकी हुन् ।निवेदनमा आफु डिप्रेशनको विरामी भएको र मानसिक समस्याका कारण आफुले के गरेको भने समेत थाहा नभएको भनि निवेदन पेश गरिएको स्रोतको दावी छ । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।

प्रहरीमा दिईएको निवेदनका अनुसार आफु विरामी भएका कारण मिडियामा आएको जस्तो समाचार प्रति कुनै सत्यता नरहेको समेत जनाईएको छ ।
यौन दुर्व्यवहारको आरोप लागेका सभामुख पदबाट राजीनामा दिए संगै ‘दोस्रो राजीनामा’ पत्र बुझाइसेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।

प्रकाशित : २०७६, १५ आश्विन बुधबार २१:०८