महरा प्रकरण : रोशनी शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई फुलस्टप लगाउदै (रोशनीको पत्र सहति )

  • 4
    Shares

काठमाडौं–सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुर्वयवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाही र उनका श्रीमानबीच अलगअलग बस्ने पत्र बाहिरिएको छ ।

श्रीमान चित्र जँग शाही र श्रीमती रोशनी शाही विच हस्ताक्षेर भएको पत्र बाहिरिएको हो ।शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई फुलस्टप लगाउने निर्णय गरेको पत्रमा उलेख्ख गरिएको छ ।

‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ ।

रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै मिडियामार्फत सार्वजनिक गरेकी थिइन् । तर, फेरि आफ्नै आरोपको खण्डन हुने गरी महरा आफ्नो बाबुसमानको व्यक्ति भएको भन्दै कुनै बलात्कार नभएको दाबी गरेकी थिइन् ।

रोशनी बुधबारमात्रै आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा महानगरीय प्रहरी बृत्त बानेश्वरमा निवेदन समेत दर्ता गराएकी थिईन ।

आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।

संसद सचिवालयमा कार्यरत उनको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।

प्रकाशित : २०७६, १६ आश्विन बिहीबार १२:३५