थानकोट वाट मापसे गरेर लामो दूरीको बस चलाउने ६ चालक पक्राउ

  • 77
    Shares

काठमाडौं– महानगरीय प्रहरी बृत्त थनाकोटले मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ६ चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १६,१७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले नागढुंगा, थानकोट लगायतका क्षेत्रमा चेकजाँच गर्दा मापसे सेवन गरेको पाइएको थियो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापकाले पक्राउ पर्नेमा काठमाण्डौ बाट सर्लाही तर्फ जाँदै गरेको ना ४ ख ४८०७ नं को बस चालक सर्लाही मलंगवा न.पा वडा नं. २ बस्ने बर्ष ३२ को बाबु राम राय, काठमाण्डौ बाट नारायणगढ तर्फ जाँदै गरेको बा ३ ख ७३१४ नं को माईक्रो बसका चालक जिल्ला चितवन रत्ननगर न.पा वडा नं. १२ घर हुने बर्ष ४७ को पुष्पराज वाग्ले, सवारी चालक राम राय, काठमाण्डौ बाट गौर तर्फ जाँदै गरेको ना ५ ख १७४० नं को भाडा बस रोकी उक्त गाडीका चालक जिल्ला बारा गढिमाई न.पा. वडा नं. २ घर हुने बर्ष ५५ को पुर्ण बहादुर राई,काठमाण्डौबाट बिरगंजतर्फ जाँदै गरेको ना ३ ख ९८९६ नं को गाडीका चालक जिल्ला मकवानपुर हाडिखोला वडा नं. १ घर हुने वर्ष ३५ को राम प्रसाद उप्रेती, काठमाण्डौबाट रौतहततर्फ जाँदै गरेको ना ७ ख ४९११ नं को भाडा बस रोकी उक्त गाडीका चालक जिल्ला सिन्धुपाल्चक पेटुक ५ बस्ने वर्ष ४३ को जनक बहादुर भण्डारी, काठमाण्डौबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ३०४१ नं को भाडा माईक्रो बस गाडीका चालक जिल्ला रुपन्देही तेरवानी ५ बस्ने वर्ष ३६ को राम कृष्ण पाण्डे रहको बताए ।

मापसे गरेर शावैजनिक यातायात चलाएको कसुरुरमा पक्राउ गरेका विरुद्ध शार्वजनिक जनहित,स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाएको थानकोट प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, १९ आश्विन आईतवार १५:१०