महरालाई नियन्त्रणमा लिन अदालतले दियो आदेश सम्भवत आज साँझसम्म नै महरालाई पक्राउ

  • 9
    Shares

काठमाडौं, असोज १९ संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका कृष्ण बहादुर महरालाई नियन्त्रणमा लिन अदालतले पत्र दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

आदेशसँगै प्रहरीलाई महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानविन गर्ने बाटो खुलेको छ। अदालतबाट पक्राउको अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई पक्राउ गर्नेछ।

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो ।

प्रकाशित : २०७६, १९ आश्विन आईतवार १५:२३