न्यूज २४ टेलिभिजनका समाचार प्रमुख राजेन्द्रदेव आचार्यको असामयिक निधन

  • 2
    Shares

काठमाडौँ, १९ असोज । न्यूज २४ टेलिभिजनका समाचार प्रमुख राजेन्द्रदेव आचार्यको असामयिक निधन भएको छ ।आचार्यको  ६१ वर्षको उमेरमा शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।१ वर्षको उमेरमा

कलेजोको रोगका कारणले असामयिक निधन हुनुभएका स्व आचार्यको आइतबार नै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिएको छ ।पारिवारिक सदस्य तथा शुभचिन्तकहरुको सहभागितामा उहाँको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

उनी कलेजोसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। केहि दिन अगाडी वीर अस्पतालमा उनको उपचार भएको थियो। उपचारपछि घर फर्किएका आचार्यलाई पुनः सो समस्याले च्यापेपछि  शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नेपाल टेलिभिजनमा २०४४ सालबाट सेवा सुरू गरेका आचार्य पछिल्लो दुई वर्षदेखि न्यूज-२४ मा समाचार प्रमुखका रूपमा कार्यरत थिए। त्यस्तै उनले लामो समयसम्म पत्रकारिता केन्द्रीय विभाग रत्नराज्य लक्ष्मी कलेजलगायतमा पत्रकारिता विषयको प्रशिक्षणमा समेत सक्रिय थिए।

परिवारमा उनको एक छोरी, श्रीमती र आमा छन्। उनको छोराको केही समय पहिले अमेरिकामा हृदयाघातका कारण निधन भएको थियो ।

नेपाल ब्रोडकास्टिङ च्यानलमा कार्यररत सञ्चारकर्मी तथा कर्मचारीहरुले पनि स्व आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै नेपाल पत्रकार महासंघ न्यूज २४ टेलिभिजन प्रतिष्ठान शाखाले विज्ञप्ति जारी गरी शोक व्यक्त गरेको छ ।

प्रकाशित : २०७६, १९ आश्विन आईतवार १५:४८