सभामुख निवासबाटै पक्राउ परे महरा

  • 20
    Shares

१९ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै सादा पोसकका प्रहरीहरुले पक्राउ गरेको हुन ।
उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान पक्राउपुर्जि जारी गरेको थियो ।

उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् ।

पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको १६ साउनमा सार्वजनिक भयो । पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिएकी थिईन ।

प्रकाशित : २०७६, १९ आश्विन आईतवार १९:०८