चन्द्रागिरि को बेली बृजको काम अन्तिम चरणमा

  • 61
    Shares

काठमाण्डौं    चन्द्रागिरि नगरपालिका १२ मा बेली बृज निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।असार २७ गते आएको भिषन बाढीले दहचोक बलम्वु जोड्ने पुलमा क्षेतिपुगे संगै बेली बृज निमार्ण कार्य सुरु गरिएको थियो ।

फुलमा क्षेति पुगे संगै दुर्घटना पनि बढे संगै काठमाण्डौ क्षेत्र नम्वर ९ का प्रतिनिधि सभा सांसद कृष्णगोपाल श्रेष्ठको विशेष पहलमा र चन्द्रागिरि नगरपािलकाको सहयोगमा बेलीबृज निमार्ण योजना तयार गरिएको हो ।

काठमाण्डौंमै बेलि बृज निमार्ण हुने भए पछि सवैले आश्चर्य जनाएका पनि छन् ।बेली वृज निमार्ण उपभोक्ता समितिका अध्यक्ष नर वहादुर शाहीले कुल १२ लाख रकममा पुल निमार्ण गरिन लागेको बताए ।

९५ प्रतिशत काम भने सकिसकेको समतिका अध्यक्ष शाहीले जानकारी दिए ।पुल निमार्ण पश्चात बलम्वु,दहचोकका स्थानिय लगायतलाई राहात मिल्ने देखिन्छ ।

प्रकाशित : २०७६, १९ आश्विन आईतवार २०:२८