महरालाई भेट्न कोही पनि नेता गएनन् ,स्वास्थ्यमा सुुधार

  • 6
    Shares

काठमाण्डौ । २१ असाेज एक महिलामाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कुष्णबहादुर महरालाई भेट्न  अहिले समम कोहि नेता पनि हिरासतमा पुगेका छैनन् ।

उनले भेट्न जाने जति सबैसँग भेट पनि गरेका छैनन् समाचार स्रोतले भन्यो । आइतबार पक्राउ परेका महरालाई सिंहदरबारस्थित प्रहरी चौकीमा राखिएको छ ।

उनलाई सुगर र प्रेसरको समस्या देखिएको हो । पहिलादेखि नै सामान्य बिरामी महरा पक्राउ परेपछि थप अप्ठ्यारो महसुस गरेका थिए ।

तर उनी अस्पताल जान मानेका छैनन् । सार्वजनिक स्थानमा जान उनले अप्ठ्यारो मानेका हुन् । त्यसैले उनको स्वास्थ्यको ख्याल गर्नका लागि हिरासत कक्षमा नै अक्सिजन, चिकित्सक र गाडी स्ट्याण्डबाइ राखिएको स्रोतले जानकारी दियो ।

प्रकाशित : २०७६, २१ आश्विन मंगलवार १५:१५